विवादपछि फुटबल खेलाडी संघको चुनाव स्थगित

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल खेलाडी संघको चुनावमा सोमबार बेलुका अबेरसम्म पनि विवाद चर्किएपछि अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

विवाद उत्पन्न भएपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अखिल नेपाल फुटबल खेलाडी संघको चुनाव पनि रोकिएको थियो । संघको अध्यक्ष पदका लागि दुई पूर्व राष्ट्रिय फुटबलर राजेश मानन्धर र अनिल गुरुङले उम्मेदवारी दर्ता गराएका थिए ।

यद्यपि अध्यक्ष पदका प्रत्याशी मानन्धरका अनुसार एन्फाका पदाधिकारीले म्याद सकिएपछि शंकास्पद रुपमा खेलाडीहरुको नाम दर्ता गराएको दावी गरेका छन् । यसबारे छानबिन गर्न मानन्धरले एन्फा निर्वाचन कमिटीमा निवेदन समेत दिएका छन् ।

मानन्धरले एन्फा पदाधिकारीले नक्कली खेलाडीहरुको नाम दर्ता गराएको आरोप लगाए । चर्चित नेपाली फुटबल वेबसाईट गोलनेपाल डटकमका अनुसार यसबारे एन्फाका प्रवक्ता सञ्जिव मिश्रसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । हाल एन्फा कम्प्लेक्समा खेलाडी संघको निर्वाचन रोकिएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...