पुलिस अफिसर्स कलेज क्वाटरफाइनलमा

चितवन (खेलदैनिक) । प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिता अन्तरगत जुनियर पुलिस अफिसर्स कलेज भरतपुर क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा पुलिस अफिसर्सले नारायणी एफसीलाई ३–० को गोल अन्तरले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।

पुलिसका जितमा हरि कठायतले दुई गोल गरे भने कप्तान मोतिलाल महतोले थप एक गोलको योगदान दिए । खेलको म्यान अफ दि म्याच पनि पुलिसका लागि व्यक्तिगत २ गोल गर्ने हरि कठायत घोषित भए । उनलाई ईक्यान चितवनका अध्यक्ष भानु खरेलले ट्रफि प्रदान गरे ।

मंगलबार पहिलो चरणको अन्तिम खेल आयोजक एभरेष्ट क्लब चितवन र नयाँबस्ती फुटबल क्लब नयाँबस्तीका बीचमा दिउँसो २ बजे हुने आयोजकले जनाएको छ ।

फाल्गुन २ गते सम्म चल्ने प्रतियोगिताको बिजेताले उपाधिसहित नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...