एपिएफलाई हराउँदै पथरी सेमिफाइनलमा

दमक (खेलदैनिक) । झापाको कमल गाउँपालिकामा जारी फुटबल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा मोरङको पथरी फुटबल क्लबले टाइब्रेकरमा जित हात पारेको छ ।

पथरीले सशस्त्र प्रहरीको विभागीय टिमलाई टाइब्रेकरमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमबाट निर्धारित समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । जसमा ५–४ गोलले पथरी विजयी भयो ।

सशस्त्रका उज्जवल राईको प्रहार पोलमा लागेर बाहिरियो भने सुशिल राई, अभिषेक लिम्बू, पवन बस्नेतको प्रहार गोलमा परिणत भएको थियो । पथरीका लागि सुमन राई, सैमोन लिम्बू, मिन धिमाल, सुबास तामाङ र कवि राईले गोल गरे । खेलको म्यान अफ दी म्याच विजेता टिमका सुबास तामाङ घोषित भए ।

मंगलबार इटहरीको राष्ट्रिय जागृति फुटबल क्लब र पाँचथरको सयपत्री फुटबल क्लबबीच पहिलो सेमिफाइनल खेल हुने आयोजक गुहेश्वरी युवा क्लबका अध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिए ।

क्लबले आफ्ना दिवंगत सदस्य विशाल खड्काको स्मृतिमा यहि माघ १९ गतेदेखि जारी प्रादेशिक स्तरीय फुटबल प्रतियोगिताको विजेताले उपाधिसहित नगद एक लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...