
बिन्द्रा देवान (दाँया) । (तस्विर एन्फा)
काठमाडौं (खेलदैनिक) । पूर्व राष्ट्रिय महिला फुटबल खेलाडी बिन्द्रा देवान अखिल नेपाल महिला फुटबल संघको अध्यक्ष पदमा निर्वाचित भएकी छिन् ।
सोमबार सम्पन्न अध्यक्ष पदको निर्वाचनमा देवानले शिवानी थापा र बिमला पौडेललाई पराजित गरिन् । देवानले कुल खसेको मतको २४ मत प्राप्त गरिन् भने शिवानीले १४ मत प्राप्त गरेकी थिईन् । त्यस्तै बिमलाले भने ५ मत प्राप्त गरेकी थिईन् ।
पदस्थ अध्यक्ष कल्पना पिया श्रेष्ठ भने अध्यक्ष पदमा भिडेकी थिईनन् । स्रोतका अनुसार श्रेष्ठले केन्द्रिय उपाध्यक्ष पदका लागि भिड्ने बताइएको छ ।