नेपाल पुलिस सेमिफाइनलमा प्रवेश

धरान (खेलदैनिक) । २०औं रेडबुल बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज धरानमा सम्पन्न तेस्रो क्वाटरफाइनलमा नेपाल पुलिस क्लबले काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २-० ले  पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

काकरभिट्टाका बिकास थुलुङले २०औ मिनेटमा अत्माघाती गोल गरेपछि पुलिसले अग्रता लिएको थियो । सुमन लामाले खेलको ६३औ मिनेटमा अग्रतालाई दोब्बर पारे ।

गोलकर्ता लामा म्यान अफ दि म्याच घोषित भए । उनले दश हजार रुपैया प्राप्त गरे ।

पुलिसले संकटासँग माघ २४ गते सेमिफाइनल खेल्ने छ ।

प्रतियोगिता अन्तर्गत भोलिको खेल थ्री स्टार क्लब र सुदूर पश्चिम एघारबीच हुनेछ ।

धरान फुटबल क्लब, सुनसरीको आयोजना र इनर्जी ड्रिंक रेडबुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५,५५,००० रुपैयाँ हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...