भैरव स्पोर्टस् क्वाटरफाइनलमा

भैरहवा (खेलदैनिक) । भैरव स्पोर्टस् क्लब, नवलपरासी रुपन्देहीमा जारी आठौं नवयुवा कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ओमसतिया–२, कर्मडाँडा फुटबल मैदानमा आइतबार भएको रोमाञ्चक खेलमा भैरवले झरना स्पोर्टस् क्लब, कुञ्जलापुरलाई २–१ ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।

प्रतियोगिता अन्तरगत माघ २२ गते सोमबारको खेल सुनौलो संगम युवा क्लब, बुटवल र लिस्नु युवा क्लब, कोटिहवाबीच हुने आयोजक क्लबका उपाध्यक्ष चन्द्र गुरुङले जानकारी दिए ।

आउँदो फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगितामा रुपन्देही, कपिलवस्तु र नवलपरासीका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...