भरतपुर एफसी क्वाटरफाइनलमा

चितवन (खेलदैनिक) । भरतपुर एफसी प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा भरतपुरले टाँडी युनाईटेड क्लवलाई पेनाल्टी सुट आउटमा ४ का विरुद्ध ५ गोलले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको म्यान अफ दि म्याच भरतपुरका गोलरक्षक मनोज गुरुङ घोषित भए । उनलाई एन्फा चितवनका अध्यक्ष श्रीकृष्ण कार्की र प्रहरी नायब महानिरीक्षक केदारमानसिहं भण्डारीले ट्रफि प्रदान गरे ।

फाल्गुन २ गते सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तरगत माघ २२ गते सोमबारको खेल भरतपुर फुटबल जुनियर प्रहरी अधिकृत शिक्षालय र नारायणी फुटबल क्लब लिलाचोकका बीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...