आयोजक नवयुवा निलो क्वाटरफाइनलमा

भैरहवा (खेलदैनिक) । आयोजक नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार ठूटिपिपल (निलो) ले आठौं नवयुवा कप नकआउट फुटबल प्रतियोगितामा शानदार जित हात पारेको छ । शनिबार सम्पन्न खेलमा आयोजकको निलो टिमले माउन्ट स्टार क्लब, बुटवललाई शून्यकाविरुद्ध ६ गोलले हरायो ।

यो जितसँगै आयोजकको निलो टोली प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत माघ २१ गते आइतबारको खेल भैरव स्पोर्टस् क्लब, नवलपरासी र झरना स्पोर्टस् क्लब, कुन्जलापुरबीच हुने आयोजक क्लबका उपाध्यक्ष चन्द्र गुरुङले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार ठुटिपिपलको आयोजनामा जारी प्रतियोगितामा रुपन्देही, नवलपरासी र कपिलवस्तुका गरी कुल १६ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...