आहा! रारा गोल्डकपको टिकट बिक्रीबाट ३३ लाख भन्दा बढी संकलन

पोखरा (खेलदैनिक) । शनिबार सम्पन्न मोफसल कै लोकप्रिय र पुरानो मध्ये एक १६ औं आहा! रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको टिकट बिक्रीबाट ३३, ५०, ६८५ रुपैयाँ संकलन भएको छ ।

प्रतियोगिताको कुल ११ खेलबाट उक्त रकम संकलन भएको आयोजक सहारा क्लब, पोखराले जनाएको छ । फाइनल खेलबाट मात्र करिब १४ लाख भन्दा बढी रकम संकलन भएको आयोजकले जनाएको छ । आयोजकका अनुसार फाइनलमा मात्र ९,४५३ टिकट बिक्री भएको थियो ।

शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा बिभागीय टोली नेपाल पुलिस क्लबले दावेदार थ्ीस्टारलाई हराउँदै उपाधिसहित नगद ७ लाख जित्न सफल भएको थियो ।

प्रतियोगिताको आयोजक सहारा क्लबले पोखरास्थित, दोबिल्लामा २८ बालकहरुलाई राखेर फुटबल एकेडेमी संचालन गर्दै आईरहेको छ । आयोजक क्लबले प्रतियोगिताबाट बचत भएको रकम सोही एकेडेमीमा खर्च गरिने बताएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...