पुलिस बन्यो आहा! रारा गोल्डकप च्याम्पियन

पोखरा (खेलदैनिक) । बिभागीय टोली नेपाल पुलिस क्लबले १६ औं आहा ! रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार पोखरा स्टेडियममा सम्पन्न फाइनल खेलमा युवा खेलाडीले भरिएको पुलिसले बलियो थ्रीस्टारलाई शून्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै पाँचोपटक आहा! रारा गोल्डकपको उपाधि जित्न सफल भएको हो ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका पुलिसका रबि पासवान स्कुटरका साथ ।

खेलमा पुलिसका राम वाजी निर्णायक रहे । नियमित समयतर्फको खेल गोलरहित बराबरीमा सकिएपछि खेल थप अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको १०० औं मिनटमा वाजीले एक मात्र निर्णायक गोल गर्दै पुलिसलाई उपाधि जिताउन निर्णायक बने ।

बिजेता बनेको पुलिसले उपाधिसहित नगद ७ लाख हात पारेको छ । त्यसको आधा रकममा उपविजेता थ्रीस्टारले चित्त बुझाएको छ । त्यस्तै प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडी बनेका पुलिसका रवि पासवानले एक थान स्कुटर जिते ।

उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्त थापा ।

त्यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलरक्षक पुलिसका शत्रुघन चौधरी घोषित भए भने उत्कृष्ट डिफेन्डर पुलिस कै अजित भण्डारी घोषित भए । उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड भने थ्रीस्टारका क्रमश सुनिल बल र विश्वास श्रेष्ठ घोषित भए ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्त थापा घोषित भए भने विश्वास श्रेष्ठ र सुमन लामा संयुक्त रुपमा प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने । व्यक्तिगत विधातर्फका सबै खेलाडीहरुले जनही १५–१५ हजार नगद हात पारे । प्रतियोगिताको फेयर प्ले अवार्ड भने सुदुरपश्चिम ११ ले जित्न सफल भयो ।

उत्कृष्ट फरवार्ड विश्वास श्रेष्ठ ।

उत्कृष्ट मिडफिल्डर सुनिल बल ।

उत्कृष्ट गोलरक्षक शत्रुघन चौधरी ।

सर्वाधिक गोलकर्ता सुमन लामा र विश्वास श्रेष्ठ ।


प्रतिक्रिया दिनुहोस

Loading...