भ्याली पब्लिक यू–१२ फुटबल शुक्रबारदेखि

प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । भ्याली पब्लिक स्कुलको आयोजनामा भ्याली पब्लिक यू–१२ अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । बिहीबार शुन्दरवस्तीस्थित आयोजक भ्याली पब्लिक स्कुलमा भएको पत्रकार सम्मेलनमार्पmत विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले प्रतियोगिताबारे जानकारी गराए ।

भ्याली पब्लिक स्कुलको रजत जयन्तीको अवसरमा यू–१२ फुटबल गर्न लागिएको विद्यालयका भाइस प्रिन्सिपल केशव अधिकारीले जानकारी दिए । कुल १२ विद्यालयको सहभागिता रहने प्रतियोगिता आगामी २३ माघसम्म सञ्चालन हुनेछ ।

विद्यालयस्तरबाट उदयीमान फुटबलर उत्पादनमा सहयोग पुर्याउने उद्देश्यले उमेर समुहको प्रतियोगितालाई जोड दिइएको विद्यालयकी कन्सुलर सुक्रिती अधिकारीले बताइन् ।

प्रतियोगितामा सहभागी १२ टिमलाई ४ समुहमा विभाजन गरिएको छ । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेता, उपविजेता र तेस्रोले ट्रफी, मेडल र प्रमाणपत्र पाप्त गर्ने प्रतियोगिता संयोजक पुर्ण न्यौपानेले जानकारी दिए ।

प्रतियोगिताको प्लेयर अफ दी टुर्नामेन्ट र हाइस्कोररलाई पनि ट्रफी प्रदान गरिने न्यौपानेले जानकारी दिए । विद्यालयका प्रिन्सिपल अधिकारीले विद्यालयस्तरबाटै प्रतिभाहरु उत्पादन हुने भएकाले राज्यले पनि विद्यालय खेललाई विषेश ध्यान दिनु पर्ने बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...