गोर्खा र ब्यास नगरपालिका सेमिफाइनलमा

बाग्लुङ (खेलदैनिक) । गोर्खा र ब्यास नगरपालिका बाग्लुङमा जारी प्रदेश नम्बर ४ स्तरीय प्रथम मेयर कप नकआउट फुटबल प्रतियोतिाको सेमिफाइनलमा प्रवेश गरेका छन् । बाग्लुङस्थित बाँगेचौर मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोर्खाले देवचुली नगरपालिकालाई ३–१ ले हरायो ।

खेलको नवौं मिनटमै जमिर मास्केको गोलबाट गोर्खाले शुरुवाती अग्रता लिएको थियो । तर २५ औं मिनटमा देवचुलीका सुमन आलेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । उता ३३ औं मिनटमा गोर्खाका लागि सुदिप बस्नेतले दोस्रो गोल गरे भने ७२ औं मिनटमा सरोज श्रेष्ठले तेस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

त्यस्तै दोस्रो क्वाटरफाइनलमा ब्यास नगरपालिकाले आयोजक बाग्लुङ नगरपालिकालाई ४–२ ले हराउँदै अन्तिम चारको स्थान पक्का गर्यो । ब्यासको जितमा अन्जन प्रधानले दुई गोल गरे भने अजय श्रेष्ठ र आदर्श चन्दले एक–एक गोल गरे । उता पराजित बाग्लुङका लागि दुवै गोल प्रमल थापाले गरे ।

प्रतियोगिता अन्तरगत शुक्रबारको खेलमा लेखनाथ महानगरपालिकाले कुश्मा नगरपालिकाको सामना गर्नेछ भने वालिङ नगरपालिकाले बेनी नगरपालिकासँग भिड्नेछ ।

नकआउटका आधारमा खेलाईएको प्रतियोगितामा प्रदेश नम्बर ४ का ११ वटा नगरपालिकाले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैया हात पार्नेछ भने उपविजेताले १?११,१११ रुपैया प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...