प्रतिष्ठित रेडबुल बुढासुब्बा गोल्डकपको खेलतालिका सार्वजनिक

धरान (खेलदैनिक) । मोफसल कै पुरानो र प्रतिष्ठित गोल्डकप मध्ये एक रेडबुल बीसौं बुढासुब्बा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको खेलतिालका आयोजकले सार्वजनिक गरेको छ ।

माघ २० गते शनिबारदेखि शुरु हुन गईरहेको प्रतियोगिताको उदघा्टन खेलमा दावेदार मनाङ मस्र्याङ्दी क्लबले सिएमजी संकटा क्लबको सामना गर्नेछ । प्रतियोगिताको सबै खेलहरु धरान रंगशालामा हुनेछ भने फाइनल खेल माघ २७ गते शनिबारका दिन हुनेछ ।

धरान फुटबल क्लब, सुनसरीको आयोजनामा शुरु हुन गईरहेको प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टोलीहरुको सहभागिता रहेको छ । इनर्जी ड्रिंक रेडबुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ५,५५,००० रुपैयाँ हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...