टाईब्रकेरमा चाँदनीलाई सफलता

बुटवल (खेलदैनिक) । चाँदनी युवा क्लब नवौं हिमालयन गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कञ्चन–४, डियोबजारस्थित हिमालय निमाविको खेलमैदानमा बिहीबार भएको खेलमा चाँदनीले बुटवल युथ सोसाईटीलाई टाईब्रेकरमा ३–१ ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । नियमित समयतर्फ चाँदनीका लागि सागर क्षेत्रीले गोल गरे भने उता बुटवल युथका लागि मोहन थापाले गोल गरेका थिए । प्रतियोगिता अन्तरगत माघ १९ गते शुक्रबारको खेल वाणगंगा वेलफेयर सोसाईटी र कञ्चन युवा क्लबबीच हुने आयोजक क्लका देवीराम पुनले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कन्चन–४ डियोबजारको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद १,११,१११ रुपैया हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ । रुपन्देही, कपिलवस्तु नवलपरासीका गरी कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...