रामपुर फुटबल क्लव क्वार्टर फाईनलमा प्रवेश

कृष्ण कार्की

प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको विहीबारको खेलमा रामपुर फुटबल क्लवले १–० को गोल अन्तरले युनिक क्लब भरतपुरलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ ।

पहिलो हाफको २७ औं मिनेटमा रामपुरका अमृत मगर गोल गरेका थिए ।

खेलको म्यानअफ दि म्याच रामपुर का अमृत मगरलाई प्रहरी नायब महानिरीक्षक केदारमानसिहं भण्डारी,जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापा र ब्याबसायि प्रतिक श्रेष्ठ र युवा नेता तीलकराज भण्डारीले ट्रफि प्रदान गरेका थिए ।

फाल्गुन २ गते सम्म चल्ने खेलको बिजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

शुक्रबारको डिफेन्डिगं च्याम्पियन नेपालि सेनाको द फेमस ( महेन्द्रदल ) गण भरतपुर ब्यारेक र गैडाकोट फुटबल क्लबका बिचमा खेल हुने छ ।


प्रतिक्रिया दिनुहोस

Loading...