एफिएफ महिला फुटबल टोलीले हङकङ राष्ट्रिय फुटबल टोलीसँग भिड्ने

(तस्विर एनआरएनए हङकङ)

काठमाडौं (खेलदैनिक) । सशस्त्र प्रहरीको एपिएफ महिला फुटबल टिम र हङकङ राष्ट्रिय महिला फुटबल टिमबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । एनआरएनए हङकङको आयोजनामा आगामी फेब्रुअरी १९ तारीख (फागुन ७ गते) का दिन हङकङस्थित मङकक स्टेडियममा एपिएफले हङकङको सामना गर्नेछ ।

महिला फुटबलमा हङकङ र नेपाल दुई पटक आमने–सामने भएको पाइन्छ । जसअन्तरगत सन् १९८६ मा हङकङमा सम्पन्न छैठौं एशियन फूटबल कन्फडरेसन (एएफसी) च्याम्पियनसिपमा शुन्यको विरुद्ध १ गोल र सन् १९८९ मा हङकङमै सम्पन्न सातौं एएफसी च्याम्पियनसिपमा शुन्यको विरुद्ध ३ गोलले हङकङ विजयी भएको थियो ।

त्यसपछि दुई टिमबीच कुनै पनि खेल सम्पन्न भएको छैन । यस २९ वर्षको अवधिमा नेपालको महिला फूटबलले उल्लेखनीय विकास गरेको छ । दक्षिण एशियाली खेलमा नेपाली महिला पूmटबलको स्थान दोश्रो रहेको छ । भर्खरै सम्पन्न १६ औं राष्ट्रिय लिग प्रतियोगिताको विजयी टिम एपीएफ उच्च मनोबलका साथ हङकङसंगको मैत्रीपूर्ण खेलमा उत्रने छ ।

मङकक स्टेडियममा स्थानीय समय अनुसार दिनको १ः३० बजे हुने हङकङ र नेपाल एपिएफबीचको महिला मैत्रीपूर्ण फूटबल खेलको आयोजक हङकङ फुटबल एशोसियसन रहेको छ । नेपाली टिमको संयोजन एनआरएनए हङकङले गर्ने भएकोले सम्पूर्ण खर्चको व्यवस्थापन पनि उसैले गर्नेछ । हङकङ नेप्लिज फूटबल एशोसियसन सहयोगी र नेपाली कन्सुलेट जनरल हङकङ र नेपाल वायुसेवा निगम प्रायोजकको रुपमा रहने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...