जापान जाने नेपाली यु–१२ फुटबल टिम छनोट

खेलाडी छनौट पछि सामूहिक तस्विरमा ।

पोखरा (खेलदैनिक) । जापानमा हुन गईरहेको यु—१२ कोपा पुमा टोरेरस फुटबल प्रतियोगिताका लागि नेपाली यु–१२ फुटबल टिमको छनोट गरिएको छ । फन रुट्स एकेडेमीका प्रशिक्षक समेत रहेको पुर्व राष्ट्रिय खेलाडी बसन्त गौचनको उपस्थितिमा पोखरा रंगशालामा १२ सदस्यीय टोली छनोट गरिएको हो ।

छनोट हुने नेपाली टोलीमा अजित श्रेष्ठ, साईमन गौचन, अनिल सूचिकार, राजकुमार गुरुङ, सुवास गुरुङ, मनिष क्षत्री, रितेश गुरुङ, मनिष सिंजाली, मनोज विश्वकर्मा, अनुपम श्रेष्ठ, श्रयस थापा मगर र नर्बु लामा छन् । नेपाली टोलीले ब्राजिल, स्पेन, जर्मनी, अष्ट्रेलिया, कोरिया, चीन, ताईवान, घाना लगायतका देशसँग प्रतिस्पर्धा गर्ने छन् ।

फन रुट्स एकेडेमी जापानका सञ्चालक जुन हिरानोले कोपा पुमा टोरेरस प्रतियोगिता खेल्न पाउनु निकै राम्रो अवसर भएको बताए । पोखरा रंगशालामा मंगलबार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै हिरानोले नेपालको सहभागितासँग जापानमा प्रदर्शन गरेको फुटबलले अरुलाई पनि अवसर मिल्ने बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...