भैरवको जितमा कान्छा निर्णायक

बुटवल (खेलदैनिक) । भैरव स्पोर्टस् क्लब, नवलपरासी जारी नवौं हिमालयन गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कञ्चन–४, डियोबजारस्थित हिमालय निमाविको खेलमैदानमा मंगलबार भएको खेलमा भैरवले सिर्जन युवा क्लब, कपिलवस्तुलाई २–१ ले हराउँदै क्वाटरफाइनल यात्रा पक्का गर्यो ।

भैरवको जितमा दुवै गोल कान्छा गुरुङले गरे । उता पराजित सिर्जनका लागि श्याम थापाले एक मात्र सान्त्वना गोल फर्काए । प्रतियोगिता अन्तरगत माघ १७ गते बुधबारको खेल देवदह युवा क्लब र फर्साटिकर युवा क्लबबीच हुने आयोजक क्लबका देवीराम पुनले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कन्चन–४ डियोको आयोजनामा शुरु प्रतियोगिताको बिजेताले उपाधिसहित नगद १,११,१११ रुपैया हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...