१६ औं आहा! रारा गोल्डकप: युवा पुलिस टीमले मनाङलाई हराउँदै सेमिफाइनलमा

१६ औं आहा! रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज पोखरामा सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबको युवा टोलिले मनाङ मस्र्याङ्दी क्लबलाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर कुमार राई, दिनेश राज्बंशी र सुमन लामाले पुलिसका लागि एक एक गोल गरे भने बिशाल राईले मनाङकालागि ८२ औ मिनेटमा एक गोल फर्काएका थिए ।

पुलिसका सुमन लामा म्यान अफ दि म्याच घोषित भए । उनले रु.५००० प्राप्त गरे ।

नेपाल पुलिस क्लबले धरान एफसिसँग माघ १८ गते सेमिफाइनल खेल खेल्ने छ ।

भोलि प्रतियोगिताको पहिलो सेमिफाइनल अन्तर्गत थ्री स्टार क्लब र बाङ्लादेशको उत्तर बरीधाराबीच हुने छ ।

साहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ । प्रतियोगिताको मुख्य प्रायोजन हिमश्री फुड्स प्रा.लि. ले गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...