किरण चेम्जोङको मिनर्वा पञ्जाब एफसिले इष्ट बङालसँग आई लिग अन्तर्गतको बारासात रङशाला, कोलकातामा आज भएको अवे म्याचमा २-२ बराबरी खेलेको छ ।
इष्ट बङालले ८९ औ मिनेटमा गोल गरे पछि २-१ ले अग्रता लिएको मिनर्वाले बराबरीमा चित्त बुझाउनु परेको थियो ।
बराबरी खेले पनि १२ खेलबाट २६ अंक जोड्दै शिर्ष स्थानमा छ ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका चेम्जोङ म्यान अफ दि म्याच घोषित भए । खेलको उनले ५०औ मिनेटमा एउटा पेनाल्टी पनि रोकेका थिए ।
म्यान अफ दि म्याच चेम्जोङले भा. रु २५००० प्राप्त गरे ।