स्पेनीस ब्राण्डसँगको सहकार्यमा एन्फाले राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी सार्वजनिक गर्दै

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीको नयाँ जर्सी बिहीबार सार्वजनिक गर्ने जनाएको छ । स्पेनीस ब्राण्ड केल्मेसँग मिलेर एन्फाले फुटबल टोलीको नयाँ जर्सी सार्वजनिक गर्न लागेको हो ।

यसबारे बिस्तृत विवरण भने सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार हुने पत्रकार सम्मेलनबाट नै जानकारी गराईने भएको छ । खेलकुद पोषाक र जुत्ता निर्माण गर्ने द मिलेनियम स्पोर्टस्, एसएल हाल केल्मे ब्राण्डको रुपमा विश्वबजारमा चर्चित रहेको छ ।

सन् १९७७ मा स्थापना भएको यो कम्पनीले फुटबल, फुटसल, बास्केट, टेनिस तथा एथलेटिक खेलका लागि आवश्यक पर्ने पोषाक तथा स्पोर्टस जुत्ताहरुको निर्माण र बिक्री बितरण गर्दै आएको छ । स्पेनमै मुख्यालय रहेको यस कम्पनीले विभिन्न स्पेनीस क्लबहरुलाई प्रायोजन समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...