शानदार जितका साथ कपिलवस्तु क्वाटरफाइनलमा

बुटवल (खेलदैनिक) । रुपन्देहीमा जारी नवौं हिमालयन गोल्डकप नकआउट फुटबल प्रतियोगितामा युनाइटेड कपिलवस्तुले शानदार जित हात पारेको छ । कञ्चन–४, डियोबजारस्थित हिमालय निमाविको खेलमैदानमा भएको खेलमा कपिलवस्तुले मुर्गिया एफसीलाई ४–१ ले हराउँदै क्वाटरफाइनल प्रवेश गर्यो ।

कपिलवस्तुको जितमा सन्जु सेन, सुरेश सेन, तिरज राना र अर्जुन बिकले एक–एक गोल गरे । उता पराजित मुर्गियाका लागि अम्नित लिम्बुले एक मात्र सान्त्वना गोल फर्काए । प्रतियोगिता अन्तरगत माघ १६ गते मंगलबारको खेल भैरव स्पोर्टस् क्लब, नवलपरासी र सिर्जन युवा क्लब, कपिलवस्तुबीच हुने आयोजक क्लबका देवीराम पुनले जानकारी दिए ।

हिमालय सामुदायिक विकास केन्द्र, कन्चन–४ डियोको आयोजनामा शुरु प्रतियोगिताको बिजेताले उपाधिसहित नगद १,११,१११ रुपैया हात पार्नेछ भने उपविजेताले ५५, ५५५ रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...