बिमल भन्छन् “भारतमा आफ्नो तर्फबाट उत्कृष्ट खेल्नेछु”

काठमाडौं (खेलदैनिक) । भारतीय फुटबल जायन्ट मोहन बगान एसीमा अनुबिन्धत भएका चर्चित नेपाली राष्ट्रिय फुटबलर बिमल घर्ती मगरले भारतमा गएर उत्कृष्ट खेल्ने बताएका छन् । पूर्व आई लिग च्याम्पियन मोहन बगानले शनिबार साँझ एउटा प्रेस विज्ञप्ती जारी गर्दै बिमललाई सन् २०१७–१८ सिजनका लागि अनुबन्ध गरेको पुष्टी गरेको थियो ।

शनिबार मात्रै इटहरीमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृतिक इटहरी गोल्डकपमा थ्रीस्टारबाट खेल्दै उपाधि जितेका बिमलले आई लिगमा खेल्न पाउँदा निकै खुशी लागेको बताएका छन् । बिमलको भनाई उद्दत गर्दै चर्चित नेपाली फुटबल साईट गोलनेपाल डटकमले लेखेको छ “म निकै खुशी र उत्साहित छु । त्यहाँ (मोहन बगान) आफ्नोतर्फबाट सक्दो राम्रो र उत्कृष्ट खेल्नेछु ।”

यद्यपि उनको क्लबसँगको अनुबन्धबारे थप खुलाइएको छैन । भारतीय फुटबल इतिहासकै सबैभन्दा सफल, पुरानो र चर्चित क्लब मध्ये एक मोहन बगानले सन् २०१४–१५ को आई लिग उपाधि समेत जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...