सुमनको निर्णायक गोलसँगै पुलिसँग झापा स्तब्ध

पोखरा (खेलदैनिक) । विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं आहा! रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम आठमा प्रवेश गर्ने क्रममा पुलिसले खराब लयबाट गुज्रिरहेको रमपम झापा–११ लाई शुन्यकाविरुद्ध १ गोलको झिनो अन्तरले हरायो ।

पोखरा रंगशालामा सम्पन्न खेलमा पुलिसका लागि खेलको १३ औं मिनटमै सुमन लामाले एक मात्र निर्णायक गोल गरे । प्रतियोगिता अन्तरगत शनिबारको क्वाटरफाइनल खेल सुदुरपश्चिम–११ र उत्तर बरिन्धारा क्लब बंगलादेशबीच हुने आयोजकले जनाएको छ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ । हिमश्री फुड्स प्रा.लि.को मुख्य प्रायोजन रहेको प्रतियोगिताको फाइनल खेल आउँदो माघ २० गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...