प्रथम मेयर कपमा वडा नम्बर ५ उपाधि नजिक

मोरङ (खेलदैनिक) । उर्लाबारीमा जारी प्रथम मेयर फुटबल प्रतियोगितामा वडा नम्बर ५ बुधबार  फाइनलमा प्रवेश गर्न सफल भएको छ । बुधबार भएको खेलमा वडा नम्बर ६ लाई ३–० गोल अन्तरले हराउदै वडा नम्बर ५ फाइलनमा प्रवेश गर्न सफल भएको हो ।

वडा नम्बर ५का लागि विकास राई,पासाङ तामाङ र विराज राईले एक/एक गोल गरे । पहिलो गोल विकासले गरे । उनले खेल शुरु भएको आठौँ मिनेटमा गोल गर्दै आप्mनो टिमलाई अग्रता दिलाए । पहिलो हाफको ११ औ मिनेटमा वडा नम्बर ५ को तर्फबाट पासाङ तामाङले अर्को गोल गर्दै टिमलाई २–० गोल अन्तरले अग्रता दिलाए ।

दोस्रो हाफको ३१औँ मिनेटमा विराज राईले अर्को गोल थप्दै आप्mनो टिमलाई ३–० को गोल अन्तर बनाए । पहिलो हाफबाटै दबाबमा रहेको वडा नम्बर ६ले गोल गर्ने थुप्रै अवसर पाए पनि कुनै गोल गर्न सकेन । दोस्रो हाफपछि आक्रमक रुपमा मैदानमा उत्रिएपनि वडा नम्बर ६ले गोल फर्काउन असमर्थ भयो ।

प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर ५का पासाङ तामाङ भए । उनलाई वडा नम्बर ६का वडाध्यक्ष चिन्तामणि पौडेलले ट्रफि प्रदान गरे । गत वर्षको फाइनलमा खेलमा यी दुवै टिम एकआपसमा भिडेका थिए । त्यसबेला पनि वडा नम्बर ५ विजयी हुदै नगरकपको उपाधि जितेको थियो ।

बिहीबारको खेल वडा नम्बर ७ र ९ बीच हुने आयोजक समितिका सचिव भिष्म बुढाथोकीले जानकारी दिए । यी दुईबाट विजयी टिम माघ १३ गते हुने फाइनल खेलमा वडा नम्बर ५सँग भिड्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...