सिक्किमलाई हराउँदै धरान क्वाटरफाइनलमा

पोखरा (खेलदैनिक) । धरान एफसी पोखरामा जारी १६ औं आहा ! रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार सम्पन्न खेलमा धरानले युनाइटेड सिक्किमलाई ३–० ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।

धरानले तीनै गोल दोस्रो हाफमा गर्न सफल भएको थियो । धरानको जितमा खेलको ६३ औं मिनटमा रोमन लिम्बुले पहिलो गोल गरे भने लगतै ६५ औं मिनटमा, सौजन लिम्बुले दोस्रो गोल गरे । त्यस्तै खेलको ७५ औं मिनटमा धिरेन लिम्बुले थप एक गोल गर्दै धरानको जित सुनिश्चित गरे ।

बुधबारको खेलमा धरानका निशान लिम्बु म्यान अफ द म्याच घोषित भए । सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको छ भने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख रुपैया हात पार्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...