नेपाली फुटबलको इतिहास मै पहिलो पटक धनगढीमा महिला गोल्डकप हुने

(तस्विर १२खरी डटकम)

धनगढी (खेलदैनिक) । नेपाली फुटबलको इतिहासमै पहिलोपटक महिला गोल्डकप फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । भर्खर नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकप सफलताका साथ आयोजना गरी सम्पन्न गरेको सुदुरपश्चिम ११ स्पोर्टस क्लबले मंगलबार महिला गोल्डकपको आयोजनाबारे जानकारी गराएको हो ।

सुदुरपश्चिम खप्तड महिला गोल्डकपमा नेपालका ६ र दुई विदेशी गरी ८ टोलीको सहभागिता रहने क्लबका वरिष्ठ उपाध्यक्ष वावुराजा श्रेष्ठले जानकारी दिए । सुदुरपश्चिम ११ स्पोर्टस क्लबले दोस्रो संस्करणको नेपाल आईस सुदरपश्चिम खप्तड गोल्डकपको आय व्यय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा महिला गोल्डकपको घोषण गरेको हो ।

नेपाली वेबसाईट १२खरी डटकममा प्रकाशित समाचार अनुसार  महिला गोल्डकपको विजेताले उपाधिसहित ५ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार पाउने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...