चेम्जोङ चर्चित आई लिग क्लब मिनर्वा पञ्जाबमा अनुबन्धित

किरण चेम्जोङ मिनर्वा पञ्जाबको जर्सीका साथ । (तस्विर खेलनाव डटकम)

काठमाडौं (खेलदैनिक) । नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर एक गोलरक्षक किरण चेम्जोङ चर्चित हिरो आई लिग (इण्डियन लिग) क्लब मिनर्वा पन्जाबमा अनुबन्धित भएका छन् । यस सिजन प्रतिष्ठित आई लिग उपाधि जित्ने संघारमा रहेको लिगलिडर पन्जाबले किरणलाई अनुबन्ध गरेको पुष्टी गरेको छ ।

थ्रीस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब हुँदै माल्दिभ्सको चर्चित क्लब टिसी स्पोर्ट्सबाट समेत व्यवसायिक फुटबल खेलिसकेका एन्फा एकेडेमीका उत्पादन २७ बर्षिय चेम्जोङको अनुबन्धबारे चर्चित वेबसाईट खेलनाव डटकमले समेत समाचार प्रकाशित गरेको छ । क्लबसँग किरणको अनुबन्धबारे थप खुलाइएको छैन ।

आई लिगको पहिलो डिभिजनमा बढुवा भएको एक बर्ष पछि नै उपाधि जित्ने अभियानमा रहेको पन्जाबले यस सिजन ९ खेल खेल्दै ७ जितका साथ २२ अंक जोड्दै शिर्ष स्थानमा छ ।


प्रतिक्रिया दिनुहोस

Loading...