एन्फा एकेडेमी बुटवलका प्रशिक्षार्थीहरुलाई ट्रयाकशुट वितरण

बुटवल (खेलदैनिक) । रुपन्देही जिल्ला फुटबल संघको मातहतमा रहेर सञ्चालित एन्फा एकेडेमी बुटवलका प्रशिक्षार्थीहरुलाई ट्रयाकशुट बितरण गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी एकेडेमीका प्रशिक्षार्थीहरुलाई हङकङ निवासी धनमाया पुनको सहयोगमा करिब ७० हजार रुपैया बराबरको ३२ थान ट्रयाकशुट बितरण गरिएको हो ।

रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसी ९कुमार० को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संघका उपाध्यक्ष मुकेश कुँवरले गरेका थिए । कार्यक्रममा बोल्दै रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष केसीले सहयोगीदातालाई धन्यवाद ज्ञापन गर्दै जिल्लाको फुटबल विकासमा आगामी दिनहरुमा पनि सबैको निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरे ।

कार्यक्रममा एन्फा एकेडेमी बुटवलका निर्देशक बुद्धि गुरुङ, एकेडेमीका प्रशिक्षक पुकार गहतराज, रुपन्देहीका पुराना तथा नयाँ फुटबलरहरु लगायत अन्य अतिथिहरुको उपस्थिति समेत रहेको थियो । सोही अवसरमा रुपन्देही जिल्ला फुटबल संघले सानो बनभोज कार्यक्रमको समेत आयोजना गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...