फर्साटिकर कपको उपाधि आयोजकलाई

बुटवल (खेलदैनिक) । पाँचौं टेन्सबर्ग फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक फर्साटिकर युवा क्लबले जित्न सफल भएको छ ।

शनिबार फर्साटिकर उच्च मा.वि. को खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा आयोजक फर्साटिकरले भैरव एफसी, नवलपरासीलाई पेनाल्टी शुटआउटमा ४–१ ले हराउँदै उपाधि जित्न सफल भएको हो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । नियमित समयतर्फ फर्साटिकरका लागि उमेश थापाले गोल गरे भने भैरवका लागि जय गुरुङले गोल गरे ।

प्रतियोगिताको बिजेता बनेको आयोजक फर्साटिकरले उपाधिसहित नगद १ लाख २१ हजार हात पारेको छ । त्यस्तै उपविजेता बनेको भैरवले भने ६५ हजारमा चित्तु बुझाएको छ । फाइनल खेलको म्यान अफ द म्याच फर्साटिकर युवा क्लबका गोलरक्षकबिष्णु पल्ली मगर घोषित भए भने प्रतियोगिताको सर्वाधिक गोलकर्ता आयोजकै सुरज हमाल घोषित भए ।

त्यस्तै उत्कृष्ट गोलकिपर भैरव एफसिका प्रदिप भण्डारी, उदयिमान खेलाडी फर्साटिकर युवा क्लबका बिष्णु पल्ली मगर र सर्वोत्कृष्ट खेलाडी भैरव एफसिका बर्षात गुरुङ घोषित भए । त्यसैगरी फेयर प्ले पुरस्कार गोर्खाृ ब्वाईज क्लबले जित्न सफल भयो ।

गत पौष २१ गतेदेखि शुरु प्रतियोगितामा रुपन्देही, कपिलवस्तु र नवलपरासीका गरी कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...