१६ औं आहा ! राराको पुर्व सध्यामा पोखरामा साईकल ¥याली

मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुर्व सन्ध्यामा आज (शनिबार) पोखरामा साईकल ¥याली गरिएको छ ।

सहारा क्लवको आयोजनामा, कास्की जिल्ला साईकल संघको बिषेश सहयोगमा उक्त प्रतियोगिताको पुर्व सन्ध्यामा प्रचारात्मक रुपमा साइकल ¥याली आयोजना गरिएको क्लवले जनाएको छ।

पोखराको रंगशालाबाट सुरु भएको साईकल ¥याली, पृथ्बीचोक, एयरपोर्ट, विरौटा, राष्ट्रबैंकचोक, लेकसाईड, हल्लनचोक, सृजनाचोक, सभागृहचोक, न्यूरोड, विपिचोक सिद्धार्थचोक, नालाको मुख, टुडिखेल, हरिचोक, सिमपानी, बगर, नदीपुर महेन्द्रपुल, रानीपौवा, भद्रकालिचोक, ३२ केभि, अम्मरसिंहचोक, बुद्धचोक हुदै रंगशालामा पुगेर समापन भएको थियो ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले ¥यालीको सुभारम्भ गर्दै सहाराले सामाजिक कार्य सहित फुटवल विकासमा निरन्तर आहा रारा गोल्ड कप गर्दै आएकोमा उक्त प्रतियोगितालाई सफल पार्न आफुहरुले पनि सहयोग गर्ने जनाए। क्लवका अध्यक्ष केशव बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ (सुरज), महासचिवप विश्वराज बराल लगायतले वोलेका थिए ।

यही माघ ९ गतेबाट पोखरामा सुरु हुने १६ औं संस्करणको आहा रारा गोल्ड कपमा यस बर्ष दुई विदेशी सहित १२ टिम सहभागि हुने भएकाछन।

“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्धेश्यका साथ सहारा क्लबले संचालन गर्दै आएको उक्त प्रतियोगिताबाट बचत भएको रकम सहारा एकेडेमीमा रहेका वालकहरुको भरणपोषर्णमा खर्च गर्दै आएको क्लवका अध्यक्ष थापाले बताए ।

सहारा एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालकहरु रहेकाछन।


प्रतिक्रिया दिनुहोस

Loading...