सिएमजी, बगर भाइखलक, जोरपाटी र दिप युनाइटेड सेमीफाइनल प्रवेश

पोखरा, ५ माघ / पोखराको प्रतिष्ठित संस्था बगर भाइ खलक द्वारा संचालित ‘साँतौ स्व.रन्जित गुरुङ स्मृती बगर भाइ खलक एट ए साइड अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’को शुक्रबारको खेलबाट डिफेन्डिङ च्याम्पियन सिएमजी काठमाडौ, आयोजक बगर भाइखलक ए, जोरपाटी काठमाडौ र दिप युनाइटेड पोखरा सेमी फाइनलमा प्रवेश गरेका छन ।

सेमीफाइनलमा सिएमजीले जोरपाटीको सामना गर्ने छ भने बगर भाइ खलक ए दिप युनाइटेड संग भिड्ने छ । यता काठमाडौका सिएमजी र जोरपाटी टिममा अधिकांश पूर्व राष्ट्रिय खेलाडीहरु सम्मिलित छन ।

डिफेन्डिङ च्याम्पिएन तथा पूर्व राष्ट्रिय खेलाडीले भरिएको सिएमजीले प्रतिष्पर्धात्मक खेलमा पाहुना टोली कलकत्ता भेट्रान भारतलाई टाइ ब्रेकरमा ३–२ गोलले पाखा लगायो । सिएमजीका टिम कप्तान उपेन्द्रमान सिंह म्यान अफ दि म्याच पाए । यसै गरि दोश्रो खेलमा आयोजक बगर भाइ खलक ए ले बुटवल भेट्रान्सलाई २–० ले पराजित ग¥यो । उक्त खेलमा बगरका लागि धन गुरुङ (सन्तोष) ले दुवै गोल गरेका थिए । उनी खेलका म्यान अफ दि म्याच घोषित भए । जोरपाटी काठमाडौ भेट्रान्सले चितवनलाई टाइ व्रेकरमा रोक्न सफल भयो । निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि टाइ ब्रेकरमा जोरपाटीले चितवनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । जोरपाटीका लागि राकेश श्रेष्ठ, निमा लामा र सरोज थापाले गोल गरे भने चितवनका लागि एक मात्र गोल नर्कु तामाङले गरे । उक्त खेलमा जोरपाटीका सरोज थापाल म्यान अफ दि म्याच पाए ।

यता स्थानिय टिम दिप युनाइटेडले फोर्टी फाउन्डेशन काठमाडौलाई १–० ले स्तव्द्य पा¥यो । दिप युनाइटेडमा सम्मिलित नेपाली राष्ट्रिय टिमका पूर्व टिम कप्तान बसन्त गुरुङले एक मात्र गोल गर्दै टिमलाई सेमिफाइनलको यात्रा तय गराए । उक्त खेलमा दिपका कृष्ण गुरुङ म्यान अफ दि म्याच घोषित भए । शनिवार विहान दुवै सेमी फाइनलका खेल हरु हुने र दिउसो १ बजे फाइनल खेल हुने आयोजक बगर भाइ खलकका सदस्य खगेन्द्र गुरुङले बताए ।

४० वर्ष देखि माथी ६५ वर्ष उमेर समुहले सहभागिता जनाएको यस प्रतियोगितामा विजेताले नगद रु. १ लाख, रनिङ शिल्ड, पदक र प्रमाणपत्र, द्वितिय पुरस्कार विजेताले नगद ५० हजार मात्र, ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने बगर भाइ खलका अध्यक्ष दिल बहादुर गुरुङले बताए । प्रतियोगितालाई स्व.रन्जित गुरुङको परिबारले मुख्य प्रायोजन र बगर भाइ खलक युकेले सह प्रायोजन गरेको छ । प्रतियोगितामा छिमेकी मुलुक भारतका दुइ टिम सहित नेपालका विभिन्न जिल्ला र स्थानिय गरि २१ टिमको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...