प्रथम उर्लाबारी मेयर कप शुरु, उद्घाटन खेलमा वडा नम्बर ६ विजयी

तेजन खड्का, उर्लाबारी माघ ५ गते
प्रथम उर्लाबारी मेयर कप फुटबल शुक्रबारदेखि शुरु भएको छ ।

उर्लाबारी–३ मंगलबारे स्थित चाइनिज क्याम्प ग्राउण्डमा शुक्रबार भएको उद्घाटन खेलमा वडा नम्बर ६ विजयी भएको छ । उसले वडा नम्बर २ लाई २–१ गोल अन्तरले पछि पार्दै विजयी भएको हो ।

प्रतियोगिताको म्यान अफ द म्याच वडा नम्बर ६ का मिलन धिमाल भए । उनलाई वडा नम्बर ३ का वडाध्यक्ष गञ्जबहादुर कार्कीले पुरस्कार प्रदान गरे ।
शुक्रबार उद्घाटन कार्यक्रममा बोल्दै उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले उर्लाबारीको फुटबल विकासमा लागि कपले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । जनप्रतिनिधि नहुदा वडा कपलाई यसअघि उर्लाबारी नगरकप दिएपनि जनप्रतिनिधि आएपछि नगरकपलाई मेयरकपको रुपमा सञ्चालन गरिएको आयोजक उर्लाबारी फुटबल क्लबका अध्यक्ष दिपेन्द्र धिमालले जानकारी दिए ।

माघ १३ गतेसम्म हुने उक्त प्रतियोगितामा प्रथम हुनेलाई नगद ७५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र,दोस्रो हुनेलाई नगद ५० हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने उर्लाबारी फुटबल क्लबका सचिव भिष्म बुढाथोकीले जानकारी दिए । शनिवारको खेल वडा नम्बर ७ र ८ बिच हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...