पोखरेली फुटबलरहरुलाई सिड्नीबाट प्रोत्साहनस्वरुप फुटबल बुट

पोखरा (खेलदैनिक) । सगरमाथा फुटबल क्लब, सिड्नीले पोखराका तीन फुटबल खेलाडीहरुलाई उनीहरुले पोखरेली फुटबलमा पुराएको योगदान र प्रोत्साहनस्वरुप फुटबल बुट प्रदान गरेको छ ।

क्लबले पोखरेली फुटबलहरु अन्जन देवकोटा, टंक गुरुङ र बिनोद गुरुङलाई प्रोत्साहक स्वरुप बिहीबार एक कायृक्रमकाबीच फुटबल बुट हस्तान्तरण गरेको हो ।

उक्त फुटबल बुटहरु सगरमाथा एफसीका प्रतिनिधि रोहन पुनले हस्तान्तरण गरे । उता फुटबल बुट हात पारेका तीनै खेलाडीहरुले क्लबले आफूहरुलाई गरेको समर्थन र प्रोत्साहनप्रति खुशी व्यक्त गर्दै धन्यवाद समेत दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...