पूर्वाञ्चलस्तरिय फूटवल प्रतियोगिता हुने

प्रतियोगिताबारे जानकारी गराउँदै आयोजक ।

पाडाजुंगी (खेलदैनिक) । झापाको कमल गाउँपालिका–५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको प्रस्तावित खेल मैदानमा पूर्वाञ्चलस्तरिय फूटवल प्रतियोगिता हुने भएको छ ।

गुहेश्वरी युवा क्लवका दिवंगत सदस्य विशाल खड्काको स्मृतिमा यहि माघ १९ गतेदेखि २६ गतेसम्म पूर्वाञ्चलस्तरिय फूटवल प्रतियोगिता हुन लागेको हो । क्लवले बिहीबार पाडाजुंगीमा पत्रकार सम्म्ेलन गरि प्रतियोगिताबारे जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा प्रतियोगिता मूल आयोजक समितिका सदस्य लालबहादुर विष्ट, खेल संयोजक विनय श्रेष्ठ, क्लवका अध्यक्ष कृष्णबहादुर कार्की र प्रचार परसार समिती का संयोजक धिरज श्रेष्ठले प्रतियोगिताका बारेमा जानकारी दिएका थिए ।

प्रतियोगितामा विर्तामोड यूनाईटेड क्लव, रेड हर्स फूटबल क्लव इलाम, सयपत्री युवा क्लव यासोक, धनकुटा फूटबल क्लव, सुनसरीको राष्ट्रिय जागृति क्लव ,पथरी फूटबल क्लव, शसस्त्र प्रहरीको टिम र आयोजकसहित ८ वटा टिम सहभागि हुने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १ सय ११ र उपविजेताले ५० हजार ५ सय ५५ प्राप्त गर्ने छन् । प्रतियोगितामा म्यान अफ द सिरिज, हाइस्कोरर, मिडफिल्डर, फरवार्डसहित उत्कृष्ट व्यक्तिगत विधातर्फ समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै ,खेल अवधिभर एकजना उत्कृष्ठ खेलाडीलाई दैनिक म्यान अफ द म्यान पुरस्कारको व्यवस्था समेत गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।

प्रतियोगिता भव्य रुपमा सम्पन्न गराउन आवश्यक तयारी तीव्र थालिएको अध्यक्ष कार्कीले जानकारी दिए । प्रतियोगितामा करिव ९ लाख ६५ हजार ६६६ रुपैया अनुमानित खर्च हुने जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...