उपाधिका लागि आयोजक फर्साटिकर र भैरव भिड्ने

बुटवल (खेलदैनिक) । आयोजक फर्साटिकर युवा क्लब यहाँ जारी पाँचौं टेन्सबर्ग फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार फर्साटिकर उच्च मा.वि. को खेलमैदानमा सम्पन्न दोस्रो सेमिफाइनलमा फर्साटिकरले गोर्खा ब्वाईज क्लबलाई रोमाञ्चक भिडन्तमा ३–२ ले हराउँदै फाइनल स्थान पक्का गरेको हो । बिहीबारको खेलमा पराजित गोर्खा ब्वाईजका कप्तान निशान न्यौपाने म्यान अफ द म्याच घोषित भए ।

अब प्रतियोगिता अन्तरगत फाइनल खेल माघ ६ गते शनिबार आयोजक फर्साटिकर युवा क्लब र भैरव एफसी, नवलपरासीबीच हुनेछ । फर्साटिकर युवा क्लब, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २१ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...