मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा लामाको उम्मेदवारी

हेटौडा (खेलदैनिक) । मकवानपुर जिल्ला फुटबल संघको अध्यक्ष पदका लागि टिका लामाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । लामा स्थानीय फुटबल क्लब एफसी पोटलाका अध्यक्ष समेत हुन् ।

जिल्ला फुटबल संघको साधारण सभा तथा निर्वाचनमा सहभागी हुनका लागि मकवानपुरका कुल नौ क्लबहरु योग्य छन् । त्यसमध्ये पाँच क्लबहरुले लामालाई समर्थन गरेका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी ती पाँच क्लबका प्रतिनिधिहरुले अध्यक्ष पदका प्रत्याशी लामाको समर्थनमा एक्यबद्धता जनाए ।


प्रतिक्रिया दिनुहोस

Loading...