आयोजक फर्साटिकर अन्तिम चारमा

बुटवल (खेलदैनिक) । आयोजक फर्साटिकर युवा क्लब यहाँ जारी पाँचौं टेन्सबर्ग फर्साटिकर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार फर्साटिकर उच्च मा.वि. को खेलमैदानमा सम्पन्न अन्तिम क्वाटरफाइनलमा फर्साटिकरले कपिलवस्तु युनाइटेडलाई शून्यकाविरुद्ध २ गोलले हराउँदै सेमिफाइनल प्रवेश पक्का गरेको हो । आयोजकको जितमा कप्तान मुकेश कुँवर र सरोज थापाले एक–एक गोल गरे ।

मंगलबारको खेलमा पराजित कपिलवस्तुका समर्थ मल्ल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो सेमिफाइनल खेल भैरव एफसी, नवलपरासी र लिस्नु युवा क्लब, कोटिहवाबीच हुने आयोजकले जनाएको छ ।

फर्साटिकर युवा क्लब, फर्साटिकरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २१ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो माघ ६ गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...