गोलनेपाल फाउण्डेशनद्वारा मुगुका महिला फुटबलरहरुलाई जर्सी र फुटबल सहयोग

काठमाडौं (खेलदैनिक) । एनपिओ रियल वल्र्ड जापान तथा माछापुछ्रे एफसी अष्ट्रेलियाको विशेष सहयोगमा गोलनेपाल फाउण्डेशनले मुगु जिल्लाका महिला फुटबलरहरुका लागि खेल सामाग्री बितरण गरेको छ । फाउण्डेशनले ६० थान जर्सी तथा १० थान फुटबल मुगुका महिला फुटबलरहरुका लागि सहयोग गरेको हो ।

आइतबार काठमाडौंमा आयोजितक एक कार्यक्रमका बीच बिबा पब्लिकेशन्सका प्रमुख कार्यकारी बिक्रम थापा तथा माछापुच्छ«े एफसीका अध्यक्ष बिजेन बताजु लगायतले संयुक्त रुपमा उक्त खेलकुद सामाग्री हालै चर्चामा आएका बृत्तचित्र निर्देशक भोजराज भाट तथा मुगु जिल्लाका केही महिला फुटबलरहरुलाई हस्तान्तरण गरे ।

चर्चित बृत्तचित्र सुनकली बनाएर चर्चामा आएका निर्देशक भाटले उक्त खेल सामाग्री मुगु पुगेर बितरण गर्नेछन् । सो कार्यक्रममा बिबा पब्लिकेशन्सका प्रमुख कार्यकारी थापाले एनपिओ रियल वल्र्ड जापान तथा माछापुछ्रे एफसी अष्ट्रेलियालाई सहयोग तथा समर्थनका लागि धन्यवाद दिए ।

कार्यक्रममा बोल्दै थापाले भने “बिगत नौ बर्षदेखि गोलनेपालले नेपाली फुटबलको प्रवद्र्धन र विकासका लागि निरन्तर कार्य गर्दै आईरहेको छ । देशभित्र हामी युवा तथा महिला फुटबलको विकासमा लागि परेका छौं । यस कार्यमा हामीप्रति विश्वासका साथ हामीलाई सहयोग र समर्थन गर्नुहुने एनपिओ रियल वल्र्ड जापान तथा माछापुछ्रे एफसी अष्ट्रेलियालाई धन्यवाद दिन चाहन्छु ।”

माछापुछ्रे एफसीका अध्यक्ष बताजुले भने “गोलनेपालसँग सहकार्य गर्दै यस कार्यक्रममा सहभागि हुन पाउँदा हामीले गर्व महशुस गरिरहेका छौं । आगामी दिनहरुमा पनि यस्ता कार्यहरुमा हाम्रो सहयोग जारी रहनेछ ।”

उता निर्देशक भाटले नेपाली फुटबलमा गोलनेपालले गर्दै आएको कार्यको प्रशंसा गर्दै सहयोगका लागि सबैलाई धन्यवाद दिए । साथै उनले महिला फुटबल खेलाडीहरुलाई मुगुमा चार महिना फुटबल प्रशिक्षण दिने तथा त्यसका लागि एउटा प्रशिक्षकको समेत व्यवस्था गरिएको बताए ।

नेपाली फुटबलको क्षेत्रमा सक्रिय चर्चित वेबसाईट गोलनेपाल डटकम तथा खेलकुद क्षेत्रको गतिविधि नियमितजसो प्रकाशन गरिरहेको वेबसाईट खेलदैनिक डटकम हाल बिबा पब्लिकेशन्सकै मातहतमा रहेर सक्रिय छ ।


प्रतिक्रिया दिनुहोस

Loading...