एपीएफ खप्तड गोल्डकपको फाइनलमा

विभागीय टोली नेपाल एपीएफ क्लब धनगढीमा जारी दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकप फुटबल’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्र्तगत आइतबार भएको अन्तिम तथा दोस्रो सेमिफाइनलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबलाई २–० ले पराजित गर्दै एपीएफ उपाधिनजिक पुगेको हो । अब एपीएफले उपाधिका लागि सोमबार अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । आर्मीले शनिबार साविकको विजेता लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लबलाई ३–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको थियो ।

धनगढी रंगशालामा आइतबार प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुवै टोलीले गोल गर्ने मौकाहरु खेर फालेको थियो । तर, ५६ औं मिनेटमा युवा स्टार अन्जन विष्टले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । मैदानको दाँया भागबाट सुदूरपश्चिमका खेलाडीले बल आउट भएको मान्दै छोडेको बललाई एपिएफका खेलाडीले क्रस गरेको बललाई अनजले गोलमा परिणत गरेका थिए ।

अन्जनको गोलसँगै खेल केही बेर रोकिन पुगेको थियो । बल आउट भएको भन्दै आक्रोशित दर्शकहरुले मैदानमा पानीको बोतल प्रहार गरेपछि खेल केहीबेर रोकिन पुगेको थियो । त्यसपछि खेल सुचरु हुदा एपीएफले अर्काे गोल गर्दै जित पक्का गरे । ७७ औं मिनेटमा नवीन लामाले एपिएफको अग्रता दोब्बर गरे । त्यसअघि ६५ औं मिनेटमा नवीनले गोल गर्ने सन्द मौका खेर फालेको थियो । खेलमा थपिएको ११ मिनेटको इन्जुरी समयमा घरेलु टोलीले गोल गर्ने प्रयास गरेपनि सफल भएन । विजयी गोल गरेका नवीन खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही १० हजार रुपैया प्राप्त गरे ।

पुस २१ गतेबाट शुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका विभिन्न १२ क्लबको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले ५ लाख ५५ हजार ५ सय ५५ सय रुपैयाँ प्राप्त गर्नेछ ।

यस्तै विभिन्न विधाका उत्कृष्ट बन्नेले समान १५÷१५ हजार पाउँदा उत्कृष्ट एक खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछन् ।​


प्रतिक्रिया दिनुहोस

Loading...