एन्फा कास्कीलाई सुझाव : “पहिला ऋण तिर्नुस् अनि साधारणसभा गर्नुस”

पोखरा (खेलदैनिक) । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम गुरुङले एन्फा कास्कीले पहिलो आफ्नो सम्पूर्ण व्यवभार चुक्ता गरेर मात्र माघ २ गतेको साधारण सभा गर्नुपर्ने बताएका छन् ।

एन्फा कास्कीले करिब ३ लाख ५० हजारभन्दा बढी ऋण तिर्न बुझाउन बाँकी छ । साथै पोखरा कपको दुई संस्करणको लेखा परिक्षण समेत गराइएको छैन । शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै समितिका अध्यक्ष गुरुङले भने “एन्फा कास्कीले आफूहरुले तिर्नुपर्ने आवश्यक रकम तिरी तथा लेखा परिक्षण गरेर मात्र माघ २ गते हुने साधारणसभा बोलाउनुपर्नेछ ।”

उता एन्फा कास्कीका उपाध्यक्ष मिलन गुरुङले भने एन्फा कास्कीले चुक्ता गर्न नसकेको रकम आफूले व्यक्तिगत रुपमा चुक्ता गरिदिने बताएका थिए । एन्फा कास्कीको अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी समेत घोषणा गरेका गुरुङले भने “हामी साधारणसभा गर्नु अघि नै जिल्ला खेलकुद विकास समितिलाई लेखा परिक्षणको प्रतिवेदन बुझाउने छौं ।”


प्रतिक्रिया दिनुहोस

Loading...