केब्स कप फुटबल बुधबारदेखि

केब्स कप अन्तरकलेज फुटबल बारे जानकारी गराउदै आयोजक ।

काठमाडौं (खेलदैनिक) । कुमारी एकेडेमीको आयोजनामा प्रथम केब्स कप अन्तरकलेज छात्र फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक एवं ईसीए को–ओर्डिनेटर शुम्भु कार्कीले जानकारी गराए ।

विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु चावहिलस्थित गणेशथानमा हुनेछ । फाइनल पुस ३० गते हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...