ललितपुर जिल्ला फुटबल संघमा थापा

ललितपुर जिल्ला फुटबल अध्यक्ष पुरुषोत्तम थापा मगर ।

ललितपुर (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ ललितपुर जिल्ला कार्य समितिमा झम्शिखेल युथ शोसाईटीका पुरुषोतम थापामगर अध्यक्ष पदमा निर्वाचित भएका छन् । सर्वसम्मत नभए पछि मतदानमा पुरुशोतमले ६ मत र उनका प्रतिद्वन्दी महेन्द्र क्षेत्रीले ४ मत पाएका थिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हेराकाजी महर्जनको प्रमुख आतिथ्यतामा र एन्फाका प्रतिनिधि दिनेश ब्यन्जनकारको रोहबरमा भएको साधारणसभाले उपाध्यक्षमा सहदेव ब्यन्जनकार, बाबुकुष्ण महर्जन र परशुराम गुरुङ रहेका छन् भने सदस्यहरुमा निरज तुलाधर ,रवी महर्जन, रविन महर्जन, प्रविण जङ् थापा र राजन पन्त निर्वाचित गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...