फुटबलर गुरुङ र लुम्बिनी एकेडेमीबीच सम्झौता

काठमाडौं (खेलदैनिक) । पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा मनाङ मस्र्याङ्दी क्लबका कप्तान अनिल गुरुङले थप एक अर्को जिम्मेवारी पाएका छन् । अन्तर्राष्ट्रिय फुटबलबाट केही महिना अघिमात्र सन्यास लिएका यी पोखरेली फरवाडले लुम्बिनी एकेडेमी कलेजको खेलकुद राजदुतको जिम्मेवारी पाएका छन् ।

एकेडेमीका प्रबन्ध निर्देशक रबिन चन्द्र कोइराला र फुटबलर गुरुङद्वारा अस्ताक्षरीत सम्झौताअनुसार गुरुङले एक बर्षका लागि एकेडेमीबाट ३ लाख रुपैया प्राप्त गर्नेछन् । सम्झौतापश्चात गुरुङले थप एक नयाँ जिम्मेवारी वहन गर्न पाउँदा आफूलाई निकै खुशी लागेको प्रतिक्रिया दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...