नेपाली महिला फुटबल टोलीकी कप्तान सजनासहित तीन महिला फुटबलर बिदेशिए

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सजना राना मगरसहित अन्य तीन महिला फुटबलरहरु आफ्नो सुरक्षित भविष्यका लागि विदेशिएका छन् ।

चर्चित नेपाली राष्ट्रिय दैनिक कान्तिपुरका अनुसार सजना दुबई पुगिसकेकी छिन् । त्यस्तै कान्तिपुरका अनुसार अन्य तीन राष्ट्रिय महिला फुटबलरहरु नमिता डाली, सुधा लामा र रीना गुभाजु पनि वैदेशिक रोजगारीका लागि युएई लागेका छन् ।

रोचक कुरा त यी चारै खेलाडी विभागीय टोलीमा आवद्ध थिए । सजना सशस्त्र प्रहरीको एपिएफ क्लबमा आवद्ध थिईन् भने डाली, लामा र गुभाजु नेपाल पुलिस क्लबमा आवद्ध थिए । विभागीय टोलीमा आवद्ध भएर पनि उनीहरुले बैदेशिक रोजगारीको बाटो अँगाल्नुको कारण भने खुल्न सकेको छैन ।

धेरैको अनुमानअनुसार यी सबै खेलाडीहरुले आफूले पाउनुपर्ने तलब सुविधाप्रति असन्तुष्टी र लामो समयसम्म पनि बढुवा हुन नसकेपछि विभागीय टोली छाड्दै वैदेशिक रोजगार रोजेको धेरैको बुझाई छ ।


प्रतिक्रिया दिनुहोस

Loading...