मदन भण्डारी स्मृति इटहरी गोल्डकपको विजेतालाई १२ लाख !

इटहरी (खेलदैनिक) । राष्ट्रिय जागृति युवा क्लब, इटहरीको आयोजनामा हुन गईरहेको मदन भण्डारी स्मृति इटहरी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख हात पार्ने भएको छ । यो रकम मोफसलकै सर्वाधिक ठूलो उपाधि रकम समेत हुनेछ । हाल धनगढीमा जारी सुदुरपश्चिम गोल्डकपको उपाधि रकम ११ लाख रहेको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको उपविजेता ५ लाख हात पार्ने समेत जानकारी गराएको छ । प्रतियोगिता आउँदो माघ ६ देखि १३ गतेसम्म सुनसरीस्थित इटहरी स्टेडियममा हुनेछ ।

प्रतियोगितामा आयोजक राष्ट्रिय जागृति युवा क्लब, रुस्लान थ्रीस्टार क्लब, नेपाल एपिएफ, नेपाल आर्मी, ड्रुक युनाइटेड एफसी (भूटान), मनाङ मस्र्याङ्दी क्लब, झापा–११ र गरिफा स्र्पोटिङ क्लब, कोलकाता (भारत) गरी कुल ८ टोलीहरुको सहभागिता रहनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...