सिमरा गोल्डकप माघ २५ देखि, विजेतालाई ५ लाख ५१ हजार

बारा (खेलदैनिक) । रुस्लान सिमरा गोल्डकपको नवौं संस्करण आउँदो माघ २५ गतेदेखि शुरु हुन गईरहेको आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

नव जनजागृति युवा क्लबको आयोजनामा हुन गईरहेको प्रतियोगिताको नवौं संस्करणको विजेताले उपाधिसहित ५ लाख ५१ हजार हात पार्नेछ । त्यस्तै उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछ भने व्यक्तिगत विधातर्फ जनही १५–१५ हजारको व्यवस्था गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ५ हजार प्राप्त गर्नेछ ।

प्रतियोगितामा संकटा क्लब, थ्रीस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युथ क्लब, एपिएफ क्लब, नेपाल आर्मी, सहारा क्लब, अग्नी रुपन्देही–११, हेटौडा–११, झापा–११, बिरगंज युनाइटेड र आयोजक नव जनजागृति युवा क्लब गरी कुल १० टोलीहरुको सहभागिता रहनेछ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका महासचिव शम्भु सिंह ठकुरीले प्रतियोगिताका लागि आवश्यक तयारी शुरु भईसकेको जानकारी दिए । साथै उनले पाँच हजारभन्दा बढी दर्शकहरुले प्यारापिटमा बसेर खेल हेर्न सक्ने समेत बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...