दाङ जिल्ला फुटबल संघमा श्रेष्ठ निर्वाचित

दाङ (खेलदैनिक) । दाङ जिल्ला फुटबल संघको शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट सुशिल श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

शनिबार तुल्सीपुरमा सम्पन्न निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा भानु विक्रम राणा निर्वाचित भएका छन् भने उपाध्यक्षमा इन्द्र बहादुर पुन र बुद्धिराम पुन निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा नरेन्द्र पुन तथा कोषाध्यक्षमा सन्देष श्रेष्ठ चयन भएका छन् भने महिला सदस्यमा भावना कुमारी राजभण्डारी निर्वाचित भएकी छिन् ।

त्यस्तै सदस्यहरुमा प्रकाश श्रेष्ठ, गोपाल श्रेष्ठ, भिम बहादुर चौधरी, बसन्त पुरी, अनिल कुमार बस्नेत, सुरज वली, चन्द्रवीर वली र लक्ष्मण बस्नेत निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...