सहारालाई हराउँदै एपिएफ क्वाटरफाइनलमा

धनगढी (खेलदैनिक) । नेपाल एपीएफ क्लब धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । शनिबार धनगढी रंगशालामा भएको खेलमा सहारा क्लब पोखरालाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै एपिएफ अन्तिम आठमा प्रवेश गर्न सफल भएको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले बराबरी खेलेको थिए । नियमित समयतर्फ प्रतिस्पर्धात्मक बनेको खेलमा सहाराले पहिलो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । सहाराका विनोद गुरुङले १८ औं मिनेटमा गरेको पेनाल्टी प्रहार बाहिरिन पुगेको थियो । त्यसपछि दुवै टोलीले पाएको मौकाहरुलाई सदुयोग गर्न नसक्दा खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो ।

शनिबारको खेलमा निर्णायक प्रदर्शन गरेका एपिएफका गोलरक्षक राजु नगरकोटी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कारस्वरुप नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्र्तगत आइतबारको खेल धरान फुटबल क्लब र सिएमजी क्लब संकटाबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालका र भुटानको एक गरी कुल १२ टीमको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेतालाई ११ लाख ११ हजार १ सय ११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ ।

यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई १५÷ १५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...