सर्वाधिक धनराशीको खप्तड गोल्डकप सुरु, आयोजकको विजयी सुरुवात

धनगढी (खेलदैनिक) । मोफसलकै सर्वाधिक धनराशीको नेपाल आइस सुदुरपश्चिम खप्तड गोल्डकपमा आयोज सुदुरपश्चिम ११ ले विजयी शुरुवात गरेको छ ।

शुक्रबार भएको प्रतियोगीताको उद्धघाटन खेलमा आयोजक सुदुरपश्च्मिले च्यासल युथ क्लवलाई पेनाल्टी सुट आउटमा ५–४ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बाई पाएर क्वाटरफाईनलमा पुगेको आयोजक शुक्रबारको जितसँगै सेमीफाईनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोश्रो हाफको २६ औ मिनेटमा च्यासल युवा क्लवका विदेशी खेलाडी सेगुनले गोल गर्दै अग्रता दिलाएका थिए । च्यासलको त्यो धेरैबेर टिक्न सकेन । दोश्रो हाफको ४० औँ मिनेटमा सुदुरपश्चिम ११ स्पोर्टस क्लवका विनोद केसीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलमा आयोजकका गोलरक्षक जिवन भट्टराई म्यान अफ द म्याच घोषित भए । भट्टराईले खेलको म्यान अफ द म्याच हुदै नगद १० हजार पनि प्राप्त गरे । प्रतियोगिता अन्तरगत शनिबारको खेल सहारा क्लब, पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालका र भुटानको एक गरी कुल १२ टीमको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेतालाई ११ लाख ११ हजार १ सय ११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५ सय ५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ ।

यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई १५÷ १५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...